परमेश्वरको राज्य र शैतानको राज्यमा भिन्नता

पोस्ट गरिएका फेब्रुवरि 07, 2021 द्वारा Adrian Ebens भित्र Identity

परमेश्वरको राज्यमा महत्व र मूल्यवानलाई उहाँ सँगको सम्बन्धद्वारा निर्धारण गरिन्छ । यो शैतानको राज्यसँग विपरित छ जहाँ महत्व र मूल्यलाई, सफल प्रस्तुती र प्राप्तीका आधारमा निर्धारण गरिन्छ, जो आफू र हामी वरपरका मानिसहरुले मूल्यांकन गर्दछन । परमेश्वरको राज्यमा उहाँ हाम्रो पिता हुनुहुन्छ र हामी उहाँका छोराछोरी हौँ । त्यो हाम्रो पहिचान हो । हामी को सँग सम्बन्धित छौं भन्नेकुराले हाम्रो पहिचान खुल्दछ तर हामी के गछौं भन्ने कुराले होइन । उहाँको छोराछोरीको रुपमा प्रेम गर्नु र हामीलाई निरन्तर आशिष दिनुको वास्तविक कारण हो उहाँ निरन्तर हाम्रो बारेमा सोच्नुहुन्छ र हाम्रो नजिक हुन चाहनुहुन्छ र हामीलाई आश्चर्य तवरले महत्व दिनुहुन्छ । “नडराओ, किनभने धेरै भँगेराहरु भन्दा तिमी बढी मूल्यवान छौ ।”

परमेश्वरको राज्यमा हाम्रो पहिचान र मूल्य अनन्तको र कहिल्यै परिवर्तन नहुने परमेश्वर जस्तो स्थिर रहनेछ । चाहे सफलता वा असफलता, हाम्रो सम्बन्ध स्थिर रहनेछ र हाम्रो महत्व सुरक्षित छ । शैतानको राज्यमा हाम्रो मूल्य ११, सेप्टेम्बर २००१ पछिको सेयर बजार जतिकै सुरक्षित छ । – अत्यन्त अस्थिर, पूर्णरुपमा असुरक्षित र दुर्घटनाको लागि बाध्य छ । के हामी निश्चयता गर्न सक्छौं कि हामी सँधै सफल हुनेछौं ? के हामी निश्चयसाथ भन्न सक्छौं कि वरपरका मानिसहरु, जसबाट हामी प्रोतसाहन र समर्थनको आशा राख्छौ, तिनीहरुले हाम्रो प्रयासको प्रशंसा गर्नेछन्? मुश्किलले ! जसकाे कान छ तिनीहरुले सुनाेस्, बुद्धिमान मानिसले आफ्नो घर बगेरजाने बालुवामा बनाउनुको सट्टा चट्टान माथि बनायो । हाम्रो व्यक्तिगत पहिचानलाई सुरक्षा दिनको लागि र हामीलाई निराशा, निरुत्साहित, मूल्यहिन र मृत्युको जीवनमा प्रवेश गर्नबाट बचाउनलाई परमेश्वरले आफ्नो राज्यको हृदयमा एउटा नियम बनाउनु भएको छ जसले सम्बन्धहरुलाई सुरक्षित राख्दछ । यसले दुई प्रकारको सम्बन्धहरुको बारेमा बताउँदछ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍, हामी र स्वर्गमा हुनुहुने हाम्रो पिताबीचको सम्बन्ध, र परमेेेेश्वरकाे राज्यमा दाजुभाई र दिदीबहिनीको रुपमा हामी बीचको सम्बन्ध छ । त्यसैले येशूले भन्नुभयोः

“तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।” (मत्ती २२ः ३७–४०)

यी दुई महान आज्ञाहरु परमेश्वरको छोराछोरीको रुपमा हाम्रो पहिचान र मूल्यलाई सुरक्षा प्रधान गर्नको लागि बनाइएका छन्। यी दुई महान आज्ञाहरु वास्तविक रुपमा दश आज्ञाहरुको सारांश हुन्। के तपाईले कहिल्यै सोच्नुभएको थियो कि दशआज्ञाहरुले तपाईको आफ्नो मूल्य गुमाउन देखि तपाईलाई जोगाउनेछ भनेर ? परमेश्वरको राज्य भित्र दशआज्ञाला सम्बन्धको प्रसंगबाट बुझिन्छ ।

https://loveofgod-nepal.com/book/view/identitywars