Love of God - Nepal
लेखकहरु Kevin J. Mullins र Deyan Delchev
प्रकाशित नोभेम्बर 24, 2020
पछिल्लो पटक अपडेट गरिएको नोभेम्बर 24, 2020
डाउनलोड्हरु 1,473
जम्मा डाउनलोडहरु 1,473

अरु भाषाहरुमा

Afrikaans عربى Cebuan Wikang Tagalog

नोहा र लूतको दिनहरूमा ख्रीष्टको क्रूसिकरण

विश्वव्यापी जल-प्रलयको र सदोम र गमोराको विनाशको कथाले धेरैलाई पिरोलिरहेको छ । के परमेश्वरले वास्तवमै हजारौं मानिसहरूलाई जिउँदै डुबाएर जलाउनुहुनेछ किनकि उहाँको कृपा समाप्त भइसकेको छ र न्यायको अभिन्न अनुग्रह लामो समयसम्म रोकिने छैन ? के प्रेमिलो परमेश्वरले त्यस्तो काम गर्नुहुनेछ ? धेरैका लागि यो एउटा अचम्मको रहस्य बनेको छ ।

धेरै जनाले "सनातनको सुसमाचार" लाई ठट्टामा वा गलत अर्थ लगाएका छन, किनभने चर्चका मञ्चबाट आएका सन्देशहरूले परमेश्वरलाई विस्वब्यापी माफियाको "गुंडा” (बोस) भनेर वर्णन गर्दछ जसले आराधनालाई ग्रहण गर्न पृथ्वीका बासिन्दाहरुलाई अपहरण र ज़बरजसतीको रैकेट चलाउँछ । - "म के भन्छु गर्नुहोस् वा  म तिमीलाई मार्नेछु !"

साँचो “अनन्त सुसमाचार” भनेको यो हो कि स्वर्गमा बस्नुहुने हाम्रो पिताले मृत्युको धम्कीद्वारा आज्ञाकारी हुन हामीलाई जबरजस्ती गर्नुहुन्न । उहाँको कानून उहाँको चरित्रको प्रतिलिपि हो, र उहाँको कानूनले यो भन्छ "तिमीले कसैलाई हत्या गर्नु हुँदैन ।" क्रुसको मृत्युमा, परमेश्वरले विद्रोहीहरूलाई मार्ने धम्की दिनुहुन्छ भन्ने झूटलाई ख्रीष्टले समाप्त गर्नुभयो । क्रूसले यो प्रकट गर्दछ कि उहाँलाई अस्वीकार गर्नेहरूलाई परमेश्वरले उनीहरूको आफ्नै निर्णयमा त्याग्नुहुन्छ ।