Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित अक्टोबर 01, 2020
लेखिएको अक्टोबर 01, 2020
पछिल्लो पटक अपडेट गरिएको अक्टोबर 01, 2020
डाउनलोड्हरु 1,517
जम्मा डाउनलोडहरु 1,517

जससँग परमेश्वर पुत्र हुनुहुन्छ उसँग जीवन हुन्छ । किन यस्तो भएको होला? किनकि परमेश्वरको पुत्रमा परमेश्वर पिता प्रति आज्ञाकारीताको शुद्ध हृदय छ । उहाँले सधैं पितालाई खुशी पार्ने कामहरू गर्नुहुन्छ । उहाँसँग पिताको आशिष र गहिरो स्नेह छ । पुत्रको हृदय पूर्ण रूपमा आफ्नो पिताको प्रेममा आधारित छ ।

आफ्ना प्रिय पुत्रको आत्मालाई सम्पूर्ण ब्रह्माण्डमा बाँड्नु पिताको बुद्धिमत्ता हो; एक असल, कोमल र आज्ञाकारी आत्मा जसले आफ्ना पिताका आज्ञाहरूलाई प्रेम गर्दछ । ख्रीष्ट परमेश्वरको बुद्धि र मायालु सम्बन्धको राज्यको सुरक्षा हुनुहुन्छ ।

यो कोमल आत्मा जीवनको रूखको माध्यमबाट परमेश्वरको सिंहासनबाट बाहिर निस्कन्छ । शैतानले परमेश्वरको पुत्र र उहाँको कोमल आत्मालाई इन्कार गर्यो । शैतानको विद्रोही आत्माले परमेश्वरको पुत्र र उहाँको कोमल आत्मालाई इन्कार गर्यो । यो विद्रोहको भावना शैतानले मानव जातिमा सार्यो । ख्रीष्टको बलिदानमा हामीलाई फेरि यो कोमल आत्मा प्राप्त भयो । यो आत्मा हुनुको रहस्य भनेको पिता र पुत्र को हुन् भनेर चिन्नु हो - यो पिता र उहाँको पुत्रलाई चिन्नु अनन्त जीवन हो, र यो परमेश्वर र थुमाको सिंहासनबाट बग्ने जीवित पानीको मूलको लागि पिउँछ ।