Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित मे 19, 2021
लेखिएको मे 18, 2021
डाउनलोड्हरु 514

अरु भाषाहरुमा

Afrikaans عربى български език Čeština English Français Deutsch 國語 Português Română Русский Kiswahili Wikang Tagalog

आदमलाई एउटा निर्णयको सामना गर्नुपर्‍यो जब उनको श्रीमतीले निषेधित फल उनीकहाँ ल्याइन्। उनलाई पछ्याउने र फल खाने छनौटमा उसले आफ्नो निर्मातालाई अस्वीकार गर्‍यो।

 अब उसको सान्त्वनाको स्रोत को हुने होला?

हव्वा आदमलाई सहयोगीको रूपमा दिइयो। के उनले अब आदमलाई परमेश्वरसँगको सम्बन्धमा आएको डरलाग्दो परिवर्तन सहन मद्दत गर्नेछिन्? मानिसको पतनले कसरी विवाह सम्बन्धलाई परिवर्तन गर्यो? यौनिकता को उपहारमा र फल्दै फूल्दै र वृद्धि हुँदै जाओ भन्ने परमेश्वरको निर्देशनमा के ले असर गर्यो?

इन्टरनेटको माध्यमबाट अश्लीलतामा आएको नाटकीय वृद्धि र यौन कल्पना मा केन्द्रित हुनुले पुरुष र महिलाले यौन सम्बन्ध मार्फत सान्त्वना खोज्ने अझ प्रमाणहरू प्रदान गर्दछ। रोमीको पुस्तकले वंश विनाशको स्पष्ट क्रम प्रदान गर्दछ जब मानवता परमेश्वरको साँचो चरित्रबाट तर्कन्छ र खुशी, सान्त्वना, र यौन सन्तुष्ट पूरा गर्न परमेश्वरको योजना बाहिर खोजी गर्दछ।

वैवाहिक सम्बन्धमा यौनको लागि परमेश्वरको उद्देश्य के हो? समलिङ्गी विवाहको उदयलाई बाइबलीय प्रतिक्रिया कस्तो छ? सम्बन्धविच्छेद वा पुनर्विवाह को मामला मा एक व्यक्तिले के गर्छ? यो पुस्तकमा सम्बोधन गरिएका केही प्रश्नहरू यी नै हुन्।