Love of God - Nepal
लेखकहरु Deyan Delchev र Adrian Ebens
प्रकाशित फेब्रुवरि 01, 2021
लेखिएको फेब्रुवरि 01, 2021
146
डाउनलोड्हरु 1,590
जम्मा डाउनलोडहरु 1,590

अरु भाषाहरुमा

български език Cebuan English Deutsch Português Русский Español Kiswahili Wikang Tagalog

तेस्रो स्वर्गदूतको सन्देश

सशक्तिकरण गर्ने चाबी

यो धेरै स्पष्ट भएको छ कि पहिलो स्वर्गदूतको सन्देशको अनुक्रमको सही समझले बेबिलोनको पतन र उनको मद्यको विषाक्तताको पर्दाफासको चाबीलाई पक्रेर राख्दछ । यो पहिलो स्वर्गदूतसँग कुनै सुसमाचार मात्र छैन, तर अनन्तको सुसमाचार छ, र तिनीहरु जसले यसलाई ग्रहण गर्दछन् उनीहरुले थुमाको गीत मात्र गाउने छैनन्, तर मोशाको गीत पनि गाउनेछन्, किनभने, अनन्तको सुसमाचारमा यो नै गीत हो । यस्तो सुसमाचारको आश्वासनले हामीलाई यो निष्कर्षमा पुर्याउँछ कि ख्रीष्टले पुथ्वीमा आफ्नो चरित्रमा पूर्ण रुपमा अहिंसाको रुप प्रकट गर्नुभएको कुरा हिजो, आज र सदासर्वदा उस्तै हो, र यस्तो प्रकाशको कारण हामी उहाँलाई महिमा दिन सक्छौं । ख्रीष्टमा यस चरित्रको प्रकाशको साथ हामी त्यसपछि न्यायको घडींमा भाग लिन सक्षम हुन्छौं, र परमेश्वर पवित्र, दयालु र धर्मीको रुपमा न्याय गर्नुहुन्छ। उहाँमा बिश्राम लिन यसले हाम्रो हृदयलाई खोल्दछ “जसले स्वर्ग, पुथ्वी, समुद्र र पानीका मूलहरु बनाउनुभयो” र प्रेम र सत्यतामा उहाँको आराधना गर्न ।

सेभेन्थ–डे एड्भेन्टिष्टहरुले सन् १८८८ देखि तेस्रो स्वर्गदूतको सन्देशलाई घोषणा गरिरहेका छन्, तर परमेश्वरको चरित्रको पूर्ण ज्ञान बिना यो सन्देशले दोस्रो स्वर्गदूतले बाँडेको सन्देशको अभिव्यक्तिको भाव उत्पन्न गर्याे (प्रकाश १४ः८ लाई ठूलो आवाजको साथ भनिएको थिएन ।) चाबी जसले तेस्रो स्वर्गदूतको सन्देशलाई शक्ति प्रदान गर्दछ त्यो परमेश्वरको प्रेमिलो चरित्रको महिमित ज्योतिको प्रकाश हो । (क्रास्ट अबजेक्ट लेशन पेज.४१५)मा हेर्नुहोस् । यो चाबी प्राप्त गर्ने प्रवेशद्वार एकमात्र पुत्रको हातमा र १८८८ मा एल्डरहरु वागनर र जोन्सले दिएको अनन्तको करारको सत्यतामा थियो