Love of God - Nepal
लेखकहरु Kevin J. MullinsDeyan Delchev
प्रकाशित मार्च 30, 2021
70
डाउनलोड्हरु 533

अरु भाषाहरुमा

Afrikaans عربى български език ဗမာ Nederlands English Deutsch bahasa Indonesia 國語 Norsk Português Română Русский Српски Español Kiswahili ภาษาไทย

परमेश्वरमा विश्वास गर्नेहरूका लागि यो विश्वव्यापी रूपमा तर्क गरिएको छ कि पापको अन्त्य गर्ने एउटै मात्र तरिका भनेको दुष्ट मरेकाहरूलाई परमेश्वरको हृदयबाट क्रोधको ज्वालामुखी प्रवाह निकाल्दै दुष्टहरुलाई जलाई तिनीहरूलाई अन्त्य गर्नु हो। यो प्राय: सोच्दछन् कि दुष्टले केवल आफैंलाई नष्ट गर्दैनन्‚ र यदि परमेश्वर न्यायका ईश्वर हुनुहुन्छ भने उहाँले अपराध गर्नेहरूलाई सजाय दिनुहुनेछ र उनीहरूको दुष्कर्मको बदला उनीहरूलाई उनीहरूको कर्म अनुसार सीधा आगोको भट्टीमा हालिदिनुहुनेछ र आफैलाई र यदि परमेश्वर न्यायका ईश्वर हुनुहुन्छ भने उहाँले अपराध गर्नेहरूलाई सजाय दिनुहुनेछ र उनीहरूको दुष्कर्मको बदला उनीहरूलाई उनीहरूको कर्म अनुसार सीधा आगोको भट्टीमा र यदि परमेश्वर न्यायका ईश्वर हुनुहुन्छ भने उहाँले अपराध गर्नेहरूलाई सजाय दिनुहुनेछ र उनीहरूको दुष्कर्मको बदला उनीहरूलाई उनीहरूको कर्म अनुसार सीधा आगोको भट्टीमा हालिदिनुहुनेछ र जीउँदै आफैले जलाउनु हुनेछ। के एक प्रेमिलो परमेश्वरले आफ्ना छोराछोरीलाई यो गर्न चाहानुहुन्छ? के तपाईं बाटो बिराएको आफ्ना बच्चाहरूलाई आगोमा जलाइदिनुहुनेछ र तिनीहरूलाई कष्टमा चिच्याएको हेर्नुहुनेछ? केही व्यक्तिहरू भन्छन् कि क्यान्सर मेटाउने एक मात्र तरिका यसलाई काट्नु हो। यस समानताको समस्या यो छ कि जब तपाईले क्यान्सर काट्नु हुन्छ यसको उद्धेश्य जीवन बचाउनु हो, यसलाई नष्ट गर्नु होइन्। केही मानिस भन्छन कि दुष्टहरू रेबीज लागेको कुकुर जस्ता छन् जसलाई सुत्न आवश्यक छ। के त्यसोभए तपाईं कुकुरलाई लिएर बिस्तारै यसलाई धेरै दिनको लागि आगोमा जलाउनुहुन्छ, जब त्यो चिच्याउँछ र पीडाले कराउँदछ जतिबेला धर्मी कराउँदछ - "अब थोरै मात्र, तपाई आफ्नो दुष्टताको कारणले यसको योग्य हुनुहुन्छ"? के साँच्चिकै अन्तको दिनमा यस्तै हुनेवाला छ?

"निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।"

यशैया ५३: ४